२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पहिलो पटक रूसमाथि युक्रेनको सबैभन्दा ठुलो आक्रमण


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 9.3K
    SHARES

  • images
    पहिलो पटक रूसमाथि युक्रेनको सबैभन्दा ठुलो आक्रमण


    काठमाडौं, १३ भदौ । युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेका थिए । यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ ।

    रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । उसले भनेको छ कि, ‘ड्रोनले पश्चिमी प्सकोभ क्षेत्रमा रहेको एयर बेसमा प्रहार गरेको थियो। ओरियोल, ब्रायनस्क, रियाजान र कालुगाका क्षेत्रमा पनि गोली चलेको थियो।’ साथै यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

    पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ। रिपोर्टका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ। आक्रमणहरू बुधबार बिहान भएका थिए, जसमा चारवटा आईएल–६७ युद्दक विमानमा क्षति पुगेको थियो।

    स्थानीय गभर्नरले आज भने कि सेनाले आक्रमणलाई पन्छाउन खोजिरहेको थियो। यस आक्रमणमा युद्द विमान नराम्ररी नष्ट भएको थियो। उनले एक भिडियो पनि अपलोड गरे जसमा भीषण आगो देखिन्छ । यस बाहेक विस्फोटको आवाज पनि सुनिएको छ ।

    समाचारमा भनिएको छ कि युक्रेनले रसियामा भएको आक्रमणको बारेमा केही भनेन, यो आक्रमण हो वा होइन। पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

    उता, मस्कोको भानुकोभो एयरपोर्ट पनि आजको प्रारम्भिक घण्टामा छोटो समयका लागि बन्द गरिएको थियो, रुसी उड्डयन अधिकारीहरूले भनेका छन्। उही समयमा, स्रोतहरूले भने कि १० देखि २० ड्रोनहरूले प्सकोभ एयरफिल्डमा आक्रमण गरेका थिए, जसलाइ भने रूसी सेनाले कडा रूपमा प्रतिबाद गरेका थियो। सो आक्रमणको क्रममा एउटा ड्रोनले इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend