२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

गुडिरहेको जीपमा ढुंगा खस्दा पाल्पामा तीनको मृत्यु


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 10.2K
    SHARES

  • images
    गुडिरहेको जीपमा ढुंगा खस्दा पाल्पामा तीनको मृत्यु


    काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेपछि तीन जनाको मृत्यु भएको हो । सो घटनामा परी पाँच जना घाइते भएका छन् ।

    रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भइरहेको थियो । सोही सडक खण्डमा माथिबाट झरेको ढुंगा जीपमा लागेको थियो । घाइते भएका पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend