२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाबाट हङकङ र दिल्लीमा उडान हुने


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 10.2K
    SHARES

  • images
    नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाबाट हङकङ र दिल्लीमा उडान हुने

    मंगलबार, भदौ १२, २०८०
    काठमाडौं । नेपाल वायुसेवा निगमले आज देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

    भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने उनले बताए ।

    निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने बताइएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend