२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 9.7K
    SHARES

  • images
    संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

    काठमाडौं, १० भदौ ।  प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ। रास्वपाबाहेकका दललले दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन्। सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ। त्यो बाहेक माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले एक एकवटा सभापतिमा उम्मेद्वारी दिएका छन् ।

    राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्।

    सार्वजनिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका हुन्। पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी छन्। कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन्।

    त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले उम्मेद्वारी दिएका छन् । पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।

    यसअघि माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाएको हो।संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने भागबन्डा हिस्सा पाएन।अरू दलहरूले आफूलाई भाग नदिएपछि एउटा समितिमा रास्वपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावकमा पार्टी उपसभापति डिपी अर्याल र समर्थकमा असीम शाह रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend