२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

भ्रष्टाचार र अन्य प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 7.0K
    SHARES

  • images
    भ्रष्टाचार र अन्य प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री

     

    काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

    कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आज बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

    सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् ।

    यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend