२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

लुम्बिनीका मुख्यमन्त्रीद्धारा विदेशी राष्ट्रिय गान बजाए पछि कार्यक्रम बहिस्कार


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 8.1K
    SHARES

  • images
    लुम्बिनीका मुख्यमन्त्रीद्धारा विदेशी राष्ट्रिय गान बजाए पछि कार्यक्रम बहिस्कार

     

    काठमाडौं, ९ भदौ । नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन् ।

    प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन् ।नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend