२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको मौसम : देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा पानी पर्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ ८ २०८०
  • 11.4K
    SHARES

  • images
    आजको मौसम : देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा पानी पर्ने

    शुक्रबार, भदौ ८, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका  केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने विभागले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend