२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

चुरियामाईमा बस दुर्घटनामा ७ जना तीर्थयात्रीले गुमाए ज्यान (नामावलीसहित)


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 11.4K
    SHARES

  • images
    चुरियामाईमा बस दुर्घटनामा ७ जना तीर्थयात्रीले गुमाए ज्यान (नामावलीसहित)
     

    काठमाडौं, ७ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको  छ ।  दुर्घटनामा १७ जना घाइते भएका छन् ।

    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए । उनका अनुसार साे बसका घाइतेलाइ हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटना पछि बसका चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमालिई घटनाको थप अनुसन्धान कार्य  भइरहेको प्रहरीको भनाई रहेको छ ।

    मृत्यू भएका व्यक्तिहरुः

    – १) जि. महोत्तरी लोहार पटी बस्ने अ.बर्ष ४१ को बिजय लाल पण्डित

    २) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५ की महिला

    ३) हाल नाम थर वतन नखुलेको अ.बर्ष ६५÷७० को पुरुष ब्यक्ति

    ४) हाल नाम थर वतन नखुलेको अ.बर्ष ५५÷६० की महिला

    ५) देश भारत राजस्थान बस्ने अ.बर्ष ६७ को बहादुर सिंह

    ६) देश भारत राजस्थान बस्ने अ.बर्ष ६५ की मिरा देबी

    ७) हाल नाम थर वतन नखुलेको अ.५५÷६० की महिला

     

    घाईतेहरुः–

    १) देश भारत राजस्थान बस्ने अ.४८ को घनश्याम चतुरबेदी

    २) जिल्ला महोत्तरी जलेश्वर न.पा.बस्ने अ.बर्ष ३८ को बिहारी मुखीया

    ३) जिल्ला धनुषा मौवा गा.पा.१८ जनकपुर बस्ने अ.बर्ष ४१ को घुरन मण्डल

    ४) जिल्ला महोत्तरी लोहारपति न.पा.५ बस्ने अ.बर्ष २६ को जसबेन्दर पासवान

    ५) देश भारत राजस्थान बस्ने अ.बर्ष ५३ की माया देबी

    ६) ऐ.ऐ.बस्ने अ.बर्ष ३५ को अनिल कुमार

    ७) ऐ.ऐ.बस्ने अ.बर्ष ५० को तारा वती चतुरबेदी

    ८) निजकै नातिनि अ.बर्ष ९ की क्रितिका चतुरबेदी ।

    ९) ऐ.ऐ.बस्ने अ.बर्ष ४८ को श्याम लाल माली

    १०) ऐ.ऐ.बस्ने अ.बर्ष ४७ को हरवारी माली

    ११) ऐ.ऐ.बस्ने अ.बर्ष ७० की चौथी देबी

    १२) ऐ.ऐ.बस्ने अ.बर्ष ७२ को सुरेस चन्द्र चक्रवती

    १३) ऐ.ऐ.बस्ने अ.बर्ष ७३ को राम प्रसाद

    १४) देश भारत राजस्थान बस्ने अ.बर्ष ६३ को धरम सिंह

    १५) ऐ.ऐ.बस्ने अ.बर्ष ६० की ईन्दु धाकद

    १६) ऐ.ऐ.बस्ने अ.बर्ष १६ की गर्बिदा चतुरबेदी

    १७) ऐ.ऐ.बस्ने अ.बर्ष ५४ को राम कुमार चतुरबेदी ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend