६, भाद्र २०८०
धादिङ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १, छहराबाट प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा दुर्घटना भएको छ ।
दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।
गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले दुर्घटनामा घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको बताइन्। अहिले उद्धारकार्य चलिरहेको छ । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।
घटनाबारे विस्तृत विवरण आउँदै छ।


