६ भाद्र २०८०, बुधबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
मन्त्री किराती स्वयंले आफ्नो बुवाको मृत्युबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
भखरै वुवाले धोका दिनुभयो १ आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !!
तस्विर स् आमा, वुवा, दिदि र म - ब्रुनाई
वुवाले फोटोको पछाडी लेख्नु भएको छ मिति - २०३७/११/१०


