२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मोरङमा अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा, बिक्री गरेको आरोपमा डाक्टर पक्राउ


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 23.1K
    SHARES

  • images
    मोरङमा अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा, बिक्री गरेको आरोपमा डाक्टर पक्राउ

    मंगलबार, भदौ ५, २०८०
    विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ । शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीको दाबी छ ।

    आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो । अविवाहित महिलाले जन्माएको शिशु बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शिशु बिक्रीमा प्रसूति गराउने र उपचारमा संलग्न चिकित्सक नै रहेको प्रहरीको भनाइ छ ।

    गत असार १३ गते ग्रिनक्रस अस्पतालमा भर्ना भएकी २६ वर्षीया युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् । उपचारमा संलग्न चिकित्सक तपेश्वरलाल कर्णले नै राजवंशीलाई शिशु बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गराएपछि मात्र आफू कार्यरत ग्रिनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएका थिए । प्रहरीले घटनामा अन्यको समेत संलग्नताबारे अनुसन्धान गरिरहेको छ । 

    Green Cross1692710977.jpgसामान्यरूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र ती युवतीबीचको सम्बन्धबाट गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी–११ जनाइएको थियो ।

    अस्पतालबाट डिस्चार्ज भएपछि राईले युवतीलाई इटहरी लगेको र त्यहीँको होटेलमा राखेको उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् । होटेलमा राखेर राई भागेको र फर्किएर नआएको युवतीले बताएकी छन् । आफूलाई शिशुबिनै होटेलमा पुर्‍याइएको उनको भनाइ छ । युवतीले भनिन्, “उहाँले मेरो बच्चा गायब बनाई फर्केरसमेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी थिएँ ।” 

    प्रसूति गराउने चिकित्सक प्रहरीले पक्राउ गर्ने भएपछि बिरामी भएको बाहना गर्दै अस्पतालमा भर्ना भएका थिए ।‌ ग्रिनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासका अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend