२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 10.0K
    SHARES

  • images
    आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

     

    काठमाडौं, ५ भदौ । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

    वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी दुईजना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३१ मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend