२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.2K
    SHARES

  • images
    थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पक्राउ

     

    काठमाडौ, ५ भदौ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगतै पक्राउ परेका छन् । पक्राउलगतै अदालत पु¥याइएका उनलाई त्यसपछि जेल चलान गरिएको छ ।

    दूरसञ्चार व्यवसायी थाक्सिन सिङ्गापुरबाट निजी बिमान चढेर बैंकक पुगेका थिए। थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चार माध्यमका अनुसार उनी मङ्गलबार बिहान ९ बजे बैंकक पुगेका थिए ।

    सिनावात्राले बैंकक आएलगतै त्यहाँका राजालाई सम्मान गरेका थिए । त्यसपछि उनलाई पुलिसको निगरानीमा सर्वोच्च अदालत लगिएको थियो । उनलाई शक्तिको दुरुपयोगसहित अन्य गम्भीर अपराधका अभियोग लगाएको छ । यस घटनालाई थाक्सिनका समर्थकले राजनीतिक प्रतिशोधका रुपमा अथ्र्याएका छन् ।

    “बुबा थाइल्याण्डमा यहाँलाई स्वागत छ,” उनकी छोरी पइटङटार्न सिनावात्राले आफ्नो इन्टाग्राममा परिवारको तस्बिर राख्दै भनेकीछिन्, “उहाँ कानुनी प्रक्रियामा प्रवेश गर्नुभयो ।” अदालतपछि उनलाई बैंकको जेलमा लगिएको थियो । सर्वोच्च अदालतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले भनेको छ – उनले आठ वर्षको जेल सजाय भोग्ने छन् ।

    सन् २००१ मा ग्रामीण जनतालाई राज्यको सम्भ्रान्त वर्गले वेवास्ता गरेको जस्ता लोकप्रिय अपिल गर्दै थाक्सिन सत्तामा पुगेका थिए । त्यसको पाँच वर्षपछि उनी न्यू योर्कमा संयुक्त राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्दै गर्दा सन् २००६ मा थाइल्याण्डको सेनाले सत्ता कब्जा गरेको थियो ।

    उनलाई देशको मुस्लिम बाहुल्य रहेको दक्षिणी प्रान्तमा हिंसात्मक द्वन्द्व मच्चाएको र हजारौंको ज्यान लिने लागूऔषध युद्धमा प्रयोग गरेका जस्ता गम्भीर मानवअधिाकर उलङ्घनका आरोप लगाएर सन् २००८ मा निर्वासनमा पठाइएको थियो । सन् २००६ मा कु भए यता थाइल्याण्डीमा उनी सर्थकहरुले आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend