२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.4K
    SHARES

  • images
    राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ : प्रधानमन्त्री दाहाल


    काठमाडौं, ५ भदौ । संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तोगरि संसद् सुचारु गर्न आफुसहित संसदमा रहेका प्रमुख दलहरु निरन्तर सक्रिय रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरुको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुचारु गर्न दलहरू करिब करिब सहमतिको नजिक पुगेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गरेका छन् ।

    ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ प्रधानमन्त्री दाहाललाई उद्धत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन् । हामी निरन्तर छलफलमा छौ । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौ । राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गर्दछु ।’
    विपक्षी एमाले भने राष्ट्रपतिले बोलाएको बैठकमा सहभागि भएन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend