२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवस मनाईंदै


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 748
    SHARES

  • images
    आज खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवस मनाईंदै

    काठमाडौं । खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २९ मा खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

    सन् २०२६ को दिवसको मुख्य विषय ‘खाद्य क्षति र फोहोर घटाउने रूपान्तरणकारी सम्भावना’ रहेको छ ।

    यस दिवसले खाद्य क्षति तथा फोहोर घटाउनुको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै वातावरण संरक्षण र खाद्य सुरक्षामा सुधार ल्याउने प्रयासलाई जोड दिन्छ । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य १२.३ ले सन् २०३० सम्म खुद्रा तथा उपभोक्ता तहमा प्रतिव्यक्ति विश्वव्यापी खाद्य फोहोरलाई आधाले घटाउने तथा खाद्य उत्पादन र आपूर्ति शृंखलामा हुने खाद्य क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।

    संयुक्त राष्ट्रसंघको महासभाले सेप्टेम्बर २९ लाई खाद्य क्षति तथा फोहोरसम्बन्धी सचेतनाको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको हो । यो दिवस संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको सहआयोजनामा मनाइन्छ ।

    दिवसको मुख्य उद्देश्य खाद्य क्षति तथा फोहोरको समस्या, त्यसका सम्भावित समाधान र यसलाई घटाउन आवश्यक विश्वव्यापी प्रयास तथा सामूहिक पहलका विषयमा सचेतना बढाउनु हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend