२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिस्कार


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.1K
    SHARES

  • images
    राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिस्कार

     

    काठमाडौं, ५ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागि नहुने भएको छ । संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले अहिले बिहान शीतल निवासमा सर्वदलीय बैठक बोलाएका छन् ।तर, संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

    संसदको जारी अवरोध हटाउने प्रयासमा दलहरू निरन्तर सक्रिय रहेको जनाउँदै एमाले संसदीय दलका उपनेतासमेत रहेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङले आज २ बजे पुनः छलफल हुने बताए । सोमबार रातिको छलफल सकारात्मक रहेको जनाउँदै नेम्वाङले राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आफुहरूलाई जानकारी नभएको बताए । ‘राष्ट्रपतिजीले प्रधानमन्त्रीकै सल्लाहमा यस्ता बैठकहरू बोलाउने हो । हामी प्रधानमन्त्रीकै पहलमा निरन्तर संसद सुचारु गर्ने पहलमा छौं ।

    आज पनि २ बजे बैठक बस्दैछौं,’ उनले भने,‘ राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको हामीलाई जानकारी छैन । त्यसबारे हामीलाई थाहा भएन । हामी प्रधानमन्त्रीसाग निरन्तर छलफलमा छौं ।’यद्यपी राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओली, उपनेता नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बिहान साढे आठ बजेका लागि तय गरिएको सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन् ।

    यसअघि पौडेलले साउन ३१ गते ओलीलाई शीतल निवास बोलाएर संसद सुचारु गर्ने विषयमा छलफल गरेका थिए । एमालेले साउन १० गते देखि सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend