२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करी प्रकरणः संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदल बस्दै


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.1K
    SHARES

  • images
    सुन तस्करी प्रकरणः संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदल बस्दै

     

    काठमाडौं, ५ भदौं।  प्रमुख दलका नेता सहभागि भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ । हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

    सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् । उक्त कार्यादलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रीपरिषदवाट अनुमोदन गराउने योजनामा पनि दलहरु बिच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।

    उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालले अडान कायम राखेर संसद अवरुद्ध गर्दै आएको थियो । गत साउन १० देखी अवरुद्ध संसद छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजबाट सुचारु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend