२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 9.1K
    SHARES

  • images
    सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

     

    काठमाडौं, ४ भदौ । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए । तर, सीआईबीले बयान नलिई फर्काएको जोशीले बताएका छन् ।

    ‘पहिलोपटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन,’ उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend