२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 8.6K
    SHARES

  • images
    प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आज

     

    काठमाडौं, ४ भदौं । आज सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाई हुँदैछ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिमा आज श्रेष्ठविरुद्ध सुनवाई हुन लागेको हो ।

    समितिका अनुसार पहिलो चरणमा उनी विरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल हुने र त्यसपछि प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठसँग समितिले सुनुुवाई सुरु गर्नेछ । जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल सुरु हुनेछ भने त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनुवाई सुरु गर्नेछ ।

    समितिका सचिव पद्म प्रसाद पाण्डेका अनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले आज एक जना उजुरीकर्तासँग मात्र समितिले छलफल गर्नेछ ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।सोही अनुसार आज संसदीय सुनुवाई हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend