२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी छन् : शेखर कोइराला


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 8.3K
    SHARES

  • images
    संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी छन् : शेखर कोइराला

     

    काठमाडौ, ३ भदौ । संसद नचल्नुमा सरकार र प्रतिपक्ष दुबै दोषी रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिप्पणी गरेका छन् । आजका लागि बोलाइएको संसद बैठकमा भाग लिन संसद भवन पुगेका उनले सूचना निकालेर बैठक स्थगित गरिएपछि सञ्चारकर्मीसंग सत्ता पक्ष अझैबढी जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।

    उनले भने ‘दुनियाँको नियम हो संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई अट्याक गर्ने गालि गर्ने । सत्तापक्षले पनि प्रतिपक्षले चल्न दिएन भन्ने । तर म के भन्दैछु भने हामी दुइटै दोषी हौँ भन्ने ।’

    उनले संसद नचल्दा राष्ट्रलाई नै गम्भीर घाटा हुने बताए । ‘यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नु पर्छ ।संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो नेपाली कांग्रेसको हाम्रो सभापतिजी संसदीय दलको नेता हो । उहाँले कोर्डिनेट गर्ने कुरा हो । सरकारले कोर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौ । यी यस्तै भइराख्या छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend