२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 9.3K
    SHARES

  • images
    सदन अवरोध खुलाउन आज पनि छलफल गर्दै सभामुख घिमिरे

     

    काठमाडौ, ३ भदौ । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

    बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र ) तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूलाई बोलाइएको छ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, विपक्षी एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरी छानविन समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसद अवरुद्ध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend