२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मानिर्भर बन्दैनः मन्त्री भूसाल


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 8.9K
    SHARES

  • images
    बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मानिर्भर बन्दैनः मन्त्री भूसाल

    बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मानिर्भर बन्न नसक्ने कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भूसालले बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजि समाजवादी सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै, उनले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् ।

    उनले भने, ‘१० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यो बाँझो रहेको जमिनमा जबसम्म खेती खर्न सकिँदैन तबसम्म धान आयात गर्ने काम रोके हुन्थ्यो भन्ने कामना त गर्न सक्छौ । तर रोकेर आमी बाच्न सक्दैनौ । आयात नै गरेर खानु पर्ने अवस्था छ ।’

    मन्त्री भूसालले सहकारीहरु सामुहिक खेतीको अभियानमा लाग्न सकेमा बाँझो खेतको उपयाग हुने बताए । सरकारले चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै आउँने चैतमा चैते धानको रोपाई उत्पादनमा वृद्धि गर्नुपर्ने टिप्पणी गरे ।

    उनले भने, ‘सामुहिक खेतीको अभियानमा लाग्ने सहकारीले त्यस्तो योजनामा लाग्यो भने समाधान हुन्छ । सिचाँईको संयन्त्र निर्माण गर्ने । सुख्खा क्षेत्रमा उत्पादन घट्ने खतरा देखिएको छ । आउँने चैतमा चैते धानको रोपाई वृद्धि गर्ने र चैते धानको उत्पादनमा वृद्धि गर्नुपर्छ । चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति सरकारले ल्याएको छ । यसमा सरकारको सहयोग पनि रहने छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend