२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन : मन्त्री बस्नेत


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 8.5K
    SHARES

  • images
    जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन : मन्त्री बस्नेत


    काठमाडौं भदौ २ गते । देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षाअनुरुप बद्लिन नसकेको जलश्रोत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । आज काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था बदल्न अपेक्षाअनुरुप बद्लिन नसकेको टिप्पणी गरेका छन् ।

    उनले भने, ‘राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौं र आधारभूत पक्ष बनाउँछौं जनता इतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिता बिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गछौं । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षाअनुरुप सक्दैनौ ।’

    मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend