२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको हो : अर्थमन्त्री महत


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 7.8K
    SHARES

  • images
    ओली सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको हो : अर्थमन्त्री महत


    काठमाडौं, २ भदौ । नेकपा एमालेको सरकार आएदेखि नै देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको अर्थमन्त्री प्रकाश शरण महतले आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ३ (२) प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश सम्मेलन कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए ।

    मन्त्री महतले देखाउँनको लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि नै धेरै देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।

    उनले भने,‘ ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो देखाउँने कुरा गर्ने ठूला ठूला सानोले पुग्ने ठाउँमा छ । अर्बौको भवन आवश्यकता नै नभएको टावर अरबौको । त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउला ठेक्कामा लगाउँ भन्ने । यो कुरालाई अनुशासनमा ल्याउँन खोजेको हुँ ।’

    मन्त्री महलतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्ने लोकप्रियता पछि दौडिने जस्ता काम बन्द गर्न सके नेपाली कांग्रसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।

    उनले भने,‘हामीले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गर्न लान्छना लगाउँन सस्तो लोकप्रियता पछि दौडिन हामीले बन्द गरौं । वडा,प्रदेश,केन्द्रको नियमित छलफल गरेर निर्णय निकालेर जाने हो भने नेपाली कांग्रसलाई एक नम्बर पार्टीमात्र होईन एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न सक्दैन् ।’थोरै श्रोत साधनबीच काम गर्नुपरेकाले चाहेजस्तो सबै ठाउँमा बजेट विनियोजन गर्न नसकेको भन्दै पुगेसम्म कोसिस गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend