२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एमालेले गर्यो केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 8.0K
    SHARES

  • images
    एमालेले गर्यो केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर


    काठमाडौं, २ भदौ । नेकपा (एमाले) ले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

    एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ ।

    यस्तै, पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र चुनावका समयमा कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरेको छ ।

    ६ केन्द्रीय सदस्यको बिदाइ
    नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य केशव स्थापित, प्रमोदनारायण यादव र अन्य चार जनालाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ ९ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ । उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend