२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अर्थतन्त्रमा क्रमिकरुपमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 8.6K
    SHARES

  • images
    अर्थतन्त्रमा क्रमिकरुपमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत


    काठमाडौं, ३२ साउन । मुलुकको अर्थतन्त्रमा क्रमिकरुपमा सकारात्मक संकेत देखिएको अर्थमन्त्री डा.प्रकाश शरण महतले दाबी गरेका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रमा सकरात्मक संकेत देखिदैँ गएको भन्दै लक्ष्य अनुसारको आर्थिक वृद्धि हाँसिल हुने दाबी गरेका छन् ।

    अर्थमन्त्री महतले भने, ‘लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन्छ । ६ प्रतिशतको आर्थिक लक्ष्य राखेको छौं, विश्व बैंक लगायत अन्य संस्थाहरुले गहन अध्ययन गरिरहेका छन् । उनिहरुले पनि झन्डै देशको आर्थिक वृद्धि पुग्छ भनेका छन् । त्यसमा हामी अत्यन्तै मेहनत गरिरहेका छौं ।आर्थिक प्रशासनमा अनुसाशन र प्रशासन कायम गर्नेतर्फ मेरो सम्पूर्ण जोड छ,। ’

    उनले बजेटमा कृर्षि क्षेत्रमा गरिएको उत्पादनमुखी अनुदानको व्यवस्था, नेपालमा उत्पादित वस्तुमा लगाइने कम करको दर,विभिन्न सौलियतपूर्ण व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था,ठेक्का प्रणालीमा सुधार,विदेशी लगानी बढी परिचालन भएको जस्ता कुराले आर्थिक क्षेत्रमा सकारात्मक र क्रमश सुधार हुँदै गएकाले लक्ष्य अनुसारको आर्थिक वृद्धि हुने संकेत देखिएको बताएका छन् ।

    महतले भने, ‘विदेशी सहयोग पनि बढी परिचालित भैरहेको छ । कार्यान्वयनलाई सहज बनाउनको लागि ठेक्का पट्टा प्रणालीमा सुधारको कुरा गरिरहेका छौं, समयमै ठेक्का लाग्नुपर्ने, स्रोतको सुनिश्चितताको लागि प्राथमिकताको आयोजनाहरुमा मात्र खर्च गर्ने गरी बजेटको सुनिश्चितता गर्ने लगायतका कार्य गरिराखेको हुनाले आर्थिक वृद्धि हुन्छ । पहिला पर्यटन कोभिडको कारणले रोकिएको थियो अहिले पर्यटकहरु पनि आउन थालेका छन्, आइटी सेक्टरमा नेपालीले ठूलो लगानी गरी निर्यात गरिराखेका छन्, यसकारण आर्थिक वृद्धिको संकेतहरु देखिएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend