२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्छ : अध्यक्ष पौडेल


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 9.1K
    SHARES

  • images
    नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्छ : अध्यक्ष पौडेल

     

    काठमाडौं, ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले नेपालमा वित्तीय सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्ने बताएका छन् । आज काठमाडौंमा नेफ्स्कुनको ३६ औं बार्षिकोत्सव समारोहमा पौडेलले नेपालको सहकारीको हालको अवस्थालाई सम्बोधन गर्न वित्तीय सहकारीलाई छुट्टै ऐन मार्फत सम्बोधन नगरेसम्म नेपालको सहकारी अभियानको विकास हुन नसक्ने धारणा राखे ।

    उनले भने,‘वित्तीय सहकारीको छुट्टै ऐन नआइकन नेपालको सहकारी अभियानले गति लिन सक्दैन् । वित्तीय सहकारीको छुट्टै ऐन आउन जरुरी छ ।’अध्यक्ष पौडेलले सबैलाई एउटै ऐनमा समेटेर भन्दा सहकारीको प्रकृतिको आधारमा कानूनी सम्बोधन गर्न जरुरी भएको पनि बताए ।

    ‘उत्पादन र सेवामा जोडिएका सहकारीहरु र वित्तीय सहकारीको बिचमा भिन्न ढंगले उपचार र सम्बोधन गर्न जरुरी छ,त्यो भयो भने मात्रै हामी अगाडि बढ्न सक्छौ,’ पौडेलले भने। अध्यक्ष पौडेलले वित्तीय क्षेत्रको निगरानी र अनुगमनलाई प्रभावकारी बनाउँन आवद्धता र निष्कासन अभियानलाई दिनुपर्ने चुनौती सहकारीको वित्तीय क्षेत्रमा रहेको उल्लेख गरेका छन् ।

    उनले हाल सहकारी क्षेत्रको परिस्थिति र मनस्थितिले दुबै कमजोर बनेको र सहकारी क्षेत्रलाई फेरि उठाउने भन्दै त्यसका लागि आन्तरिक रणनीति र कानूनी संहिताको कडा रुपमा पालना गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend