२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन काण्डमा सत्ताधारी दलका उच्च तहका नेताहरु संग्लन छन् : योगेश भट्टराई


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 8.8K
    SHARES

  • images
    सुन काण्डमा सत्ताधारी दलका उच्च तहका नेताहरु संग्लन छन् : योगेश भट्टराई


    काठमाडौं, ३२ साउन । सुन काण्डमा सत्ताधारी दलका उच्च तहका नेताहरु संग्लन भएको नेकपा (एमाले) का सचिव योगेश भट्टराईले दाबी गरेका छन् । उच्च स्तरिय छानबिन समिती बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिती नबनाएको उनको भनाई छ ।

    उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी पुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफुहरुको रहर नभएको पनि बताएका छन् । `एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन्,´ उनले भने, `हाम्रो माग एउटै हो उच्च स्तरिय छानबिन समिती बनोस, निष्पक्ष छानबिन हाेस् ।´

    उच्च स्तरिय छानविन समितीले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाइ रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताएका छन् । मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानियदेखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend