२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 7.5K
    SHARES

  • images
    राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


    काठमाडौं, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा पौडेल र ओलीबीच समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल केन्द्रित रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

    उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।

    राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend