२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

न्यून ज्यालाका कारण नेपाली श्रमिक विश्व बजारमा जान बाध्यः मन्त्री भण्डारी


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 7.8K
    SHARES

  • images
    न्यून ज्यालाका कारण नेपाली श्रमिक विश्व बजारमा जान बाध्यः मन्त्री भण्डारी

     

    काठमाडौं, ३१ साउन । विश्व बजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्न पनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी रहेको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले बताएका छन् ।

    आज अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आर्कषणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताएका हुन् ।

    उनले भने ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि केही आधारभूत मान्यताहरु छन् । खासगरी गरिबी निवारणमा टेवा र श्रम बजारमा श्रम शक्तिको आर्कषण गर्नु नै हो ।’

    सामाजिक सुरक्षा अभाव र न्यून ज्यालाका कारण नेपाली श्रमिकको विश्व बजारमा आर्कषण बढेको र नेपाली बजारमा श्रमिकको अभाव हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

    ‘नेपाली श्रम बजारमा सामाजिक सुरक्षाको अभावले अत्यन्त न्यून ज्यालामा काम गर्ने श्रम शक्ति विश्व बजारमा जान बाध्य भएका छन् र नेपाली श्रम बजारमा श्रमशक्तिको अभाव देखिन थालेको छ । यी विषयहरुलाई समेत सम्बोधन गर्ने गरी सामाजिक सुरक्षाको योजनाहरुलाई परिमार्जित र विस्तार गर्दै लैजानुको विकल्प छैन् । ’ उनले भने ।

    उनले अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएपछि श्रमिकको श्रमलाई व्यवस्थित गर्नसमेत सहज हुने उनको भनाई छ । ‘अनौपचारिक क्षेत्रका सबै श्रमिहरुलाई कोषमा आवद्ध गराउने गरी मुलत श्रमिकको नियुक्ति पत्र व्यवसायको कर चुक्ता प्रमाण पत्र संस्था नविकरण जस्ता विषयको काम गर्न सक्दा अनौपचारिक क्षेत्रलाई अपौचारिक बनाउन सहज हुन्छ ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend