२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुँदैनन्ः प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 9.6K
    SHARES

  • images
    समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुँदैनन्ः प्रधानमन्त्री दाहाल

    काठमाडौं, ३१ साउन । समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु निकै नै गर्भको कुरा भएको बताएका छन् ।

    उनले भने ‘ औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि ‘अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेका छन् । त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ । त्यसअर्थमा आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । ’

    प्रधानमन्त्री दाहालले सरकार यसको लागि यस्ता कार्यमा अग्रसर रहने प्रतिवद्धता पनि जनाएका छन्। अनौपचारिक क्षेत्रका श्रमिकहरुको हकमा समेत राज्यको योगदानलाई कार्यन्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।

    ‘औपचारिक क्षेत्रका सबै श्रमिकहरूलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानहरूको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागिता लगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने छ। कोषको क्षमता अभिबृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकहरूलाई चरणवद्धरुपमा कोषमा आवद्ध गराउने कार्य सुरु गरिनेछ ।

    त्यसैगरी अनौपचारिक क्षेत्रका श्रमिकहरूका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउन विषयमा सरकार गम्भीर रहेको र यसका लागि आवश्यक गृहकार्य गरिने प्रतिबद्धता समेत व्यक्त गर्दछु । ’ प्रधानमन्त्री दाहालले भने ।

    उनले यसलाई ईतिहासले सुम्पेको गहन जिम्मेवारिको रुपमा लिएको उल्लेख गरेका छन् । सामाजिक सुरक्षा सामान्य अवधारणा मात्र नभई नागरिकले विना भेदभाव शिक्षा सवास्थ्य रोजगारी अवसर सहुलियत र सम्मान प्राप्त गर्ने अवसर निमार्ण गर्दै समाजवाद निमार्णको महाअभियान भएको उनको भनाइ छ । सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति भएको पनि उनको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend