२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

निजामती कर्मचारी ऐन १ हप्ता भित्र संसदमा दर्ता हुन्छ : रक्षामन्त्री खड्का


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 8.2K
    SHARES

  • images
    निजामती कर्मचारी ऐन १ हप्ता भित्र संसदमा दर्ता हुन्छ : रक्षामन्त्री खड्का


    काठमाडौ, ३१ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारी ऐन १ हप्ता भित्र संसदमा दर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रम २०८० लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले ऐनका लाग केही काम बाँकी रहेको बताए । उनले उक्त काम सके लगतै १ हप्ता भित्र ऐन दर्ता हुने बताए ।

    उनले भने ‘ यहि संसदमा दर्ता हुन्छ । संसदमा छलफल हुन्छ त्यसको लागि पहिला संसद चल्नु पनि पर्छ । त्यसैले सरकारको तर्फबाट १ हप्ता भित्र संसदमा दर्ता हुन्छ । वैधानिक ठाउँको सल्लाह लिने काम बाँकी छ । त्यो काम सकिने वित्तिकै त्यसको एक हप्ता भित्रमा संसदमा दर्ता हुन्छ । औपचारिक रुपमा दर्ता भएको दिन तपाईहरु सबैले तलव पाउनुहुन्छ । ’

    निजामती कर्मचारी ऐन औपचारिक रुपमा दर्ता भएको दिन सबैको पारिश्रमिक दिने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रको समस्या साँझा भएको भन्दै समाधानका लागि सबै मिलेर लाग्नु पर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend