२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 8.1K
    SHARES

  • images
    नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

     

    काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

    गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आफू आजअस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

    अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

    उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका हुन् । गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएकाके थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend