२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार साढे सात अर्ब नजिक


सञ्चार डबली
  • बुधबार, कात्तिक १८ २०८३
  • 1.6K
    SHARES

  • नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार साढे सात अर्ब नजिक

    काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै अन्तिम समयमा १.४० अंकले बढेर बन्द भएको हो ।

    आज कुल ३ सय ५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार माथि पुगेको छ ।

    आज कारोबारमा आएकामध्ये जिवन बीमा, म्युचुअल फण्ड, अतिरिक्त र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९८ कम्पनीको सेयरमूल्य भने बढेको छ । आज नेपाल रि र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend