२०८३, कात्तिक १९ गते

images
Logo

Nov 05 2026 | २०८३, कात्तिक १९ गते

images
  • बिहीबार , कात्तिक १९ २०८३

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा


सञ्चार डबली
  • बुधबार, कात्तिक १८ २०८३
  • 1.0K
    SHARES

  • चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा

    चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    बाघको आक्रमणमा परी बेपत्ता भएका स्थानीय ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो ।

    गत सोमबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी लगेको थियो। उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा घटनाबारे जानकारी गराएका थिए ।

    घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी र वनका कर्मचारीको संयुक्त टोलीले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा मंगलबार बिहान १०ः५५ बजे निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

    शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend