काठमाडौँ । सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
पाण्डेले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्यांकनका क्षेत्रमा काम गर्दै आएका छन्। उनले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।
त्यसअघि उनले सन् २०१७ देखि २०१९ सम्म रुपन्देहीको बुटवल उपमहानगरपालिका तथा सन् २०२० देखि २०२२ सम्म तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।

