२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

भारतकाे राजस्थानमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 957
    SHARES

  • भारतकाे राजस्थानमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु

    काठमाडौं। भारतको राजस्थानस्थित झुन्झुनु जिल्लाको छापोलीमा सडक निर्माणका क्रममा करेन्ट लागेर आठ मजदुरको मृत्यु भएको प्रारम्भिक खबर सार्वजनिक भएको छ।

    कदम कुण्डतर्फ जाने सडक निर्माण भइरहेको समयमा रोडी मिसाउने मेसिनमाथिबाट गएको ११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छोइएपछि दुर्घटना भएको हो।

    मेसिन विद्युत् लाइनको सम्पर्कमा आएपछि निर्माण कार्यमा खटिएका मजदुरहरू करेन्ट लागेर घाइते भएका थिए। घटनामा आठ मजदुरको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

    घटनाप्रति राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा र पूर्वमुख्यमन्त्री अशोक गहलोतले दुःख व्यक्त गरेका छन्।

    मुख्यमन्त्री शर्माले घाइतेहरूको उचित उपचार, प्रभावित परिवारलाई तत्काल सहायता उपलब्ध गराउन तथा घटनाको छानबिन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend