२०८३, कात्तिक १६ गते

images
Logo

Nov 02 2026 | २०८३, कात्तिक १६ गते

images
  • सोमबार, कात्तिक १६ २०८३

एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 132
    SHARES

  • एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् ।

    वार्नर आइतबार राति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ ।

    अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् । उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधिसमेत जितेका छन् ।

    एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    जारी प्रतियोगितामा काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौँले आज कर्णाली याक्सको सामना गर्दैछ । यो खेल अपराहन्न साढे १२ बजेदेखि शुरु हुदैछ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend