२०८३, कात्तिक १६ गते

images
Logo

Nov 02 2026 | २०८३, कात्तिक १६ गते

images
  • सोमबार, कात्तिक १६ २०८३

स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 649
    SHARES

  • स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङ अस्पताल भर्ना

    काठमाडौँ । स्वास्थ्य अवस्था जटिल बनेपछि इलाममा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान इलामबाट काठमाडौं ल्याइएको हो।

    चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको रगतमा चिनी (ग्लुकोज) को मात्रा अत्यधिक घटेपछि अवस्था जोखिमपूर्ण बनेको चिकित्सकहरूले बताएका थिए ।

    इलाम अस्पतालले आइतबार सार्वजनिक गरेको स्वास्थ्य अवस्थासम्बन्धी विवरणअनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

टाइप–२ मधुमेहका बिरामी रहेका केसीको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको अस्पतालले जनाएको छ । उनको पिसाबमा एसिटोनको मात्रा पनि बढेको थियो।

    अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर मापन गरिएको थियो। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ।

    हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend