२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

वाणिज्य बैंकहरूको खुद नाफा ४५.४६५ ले बढ्यो, नबिल पहिलो स्थानमा, वृद्धिदरमा इन्भेष्टमेन्ट मेगाको छलाङ

असोज मसान्तसम्म १६ वाणिज्य बैंकको नाफा रकम १.७० देखि २५२२.४७ प्रतिशतसम्मले बृद्धि भएको तथ्याङ्क छ ।


सञ्चार डबली
  • आइतबार, कात्तिक १५ २०८३
  • 484
    SHARES

  • वाणिज्य बैंकहरूको खुद नाफा ४५.४६५ ले बढ्यो, नबिल पहिलो स्थानमा, वृद्धिदरमा इन्भेष्टमेन्ट मेगाको छलाङ

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८३/०८४को पहिलो प्रथम त्रैमाससम्म वाणिज्य बैंकहरूले १९ अर्ब बढी खुद नाफा कमाएका छन् । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल १९ अर्ब १२ करोड ७४ लाख खुद नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा रकम १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ मात्रै रहेको थियो । 

    समीक्षा अवधिमा गत बर्षको तुलनामा सिटिजन्स बैंक, हिमालयन बैंक, प्राइम बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंककाे नाफा रकम घटेकाे देखिन्छ भने अन्य सबै बैंकको नाफा रकम १.७० प्रतिशतदेखि २५२२.४७ प्रतिशतसम्मले बृद्धि भएको तथ्याङ्क छ । 

    नाफा वृद्धिको दरका आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सबैभन्दा ठुलो फड्को मारेको छ भने कृषि विकास बैंक र सिद्धार्थ बैंकले नाफा बृद्धि गर्ने बैंकको सूचीमा दोस्रो र तेस्रो स्थानमा छन् । 

    नाफा रकममा नबिल अगाडि, बृद्धिदरमा इन्भेष्टमेण्ट मेगाको फड्को

    समीक्षा अवधिमा नबिल बैंकले सर्वाधिक २ अर्ब ५५ करोड ५१ लाख खुद नाफा कमाएको छ । नविल बैंकको नाफा रकम गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४५.४३ प्रतिशतले बढेको हो । त्यस्तै नाफा २४.४९ प्रतिशतले बढाएर ग्लोबल आइएमई बैंकले असोजसान्तसम्म २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

    यसैगरी, एभरेष्ट बैंकको नाफा रकम समीक्षा अवधिमा १ अर्ब २५ करोड २७ लाख पुगेको छ भने प्राइम कमर्सियल बैंकको १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । 

    असोज मसान्तसम्म प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक नाफा वृद्धि गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा रहेको छ । यो बैंकले नाफा रकम २५२२२.४७ प्रतिशतले वृद्धि गरी १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, दोस्रो स्थानमा रहेको कृषि विकास बैंकको नाफा १८०३.७१ प्रतिशतले बढेर १० करोड ९२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको नाफा १७५.५२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा १६२.७५ प्रतिशतले बढेर ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । 

    समीक्षा अवधिमा सानिमा बैंकले पनि नाफा रकम १३१.१३ प्रतिशतले बढाएर १ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुर्याएको देखिन्छ । यस अवधिमा सिटिजन्स बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको २२ करोड नोक्सानीलाई सुधारेर १० करोड ७७ लाख नाफामा फर्किएको छ । 

    खुद नाफामा उत्साहजनक सुधार देखिए तापनि निष्क्रिय कर्जा र प्रोभिजनिङको चापका कारण समग्र बैंकिङ क्षेत्रको कुल वितरणयोग्य भने ९ अर्ब ७ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ । 

    Note9.JPG

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend