२०८३, कात्तिक १५ गते

images
Logo

Nov 01 2026 | २०८३, कात्तिक १५ गते

images
  • आइतबार, कात्तिक १५ २०८३

कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन


सञ्चार डबली
  • शनिबार, कात्तिक १४ २०८३
  • 1.2K
    SHARES

  • कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह बढेर १५२८.५० मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाइएको छ।

    लगातारको वर्षाका कारण जलाशयमा पानीको सतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले शनिबार साँझ पहिलो चरणको चेतावनी साइरन बजाएको हो।

    केन्द्रका अनुसार थप वर्षा भई जलाशयको पानीको सतह सन्तुलित राख्न बाँधका ढोका खोलेर पानी छाड्नुपर्ने अवस्था आएमा थप सूचना तथा चेतावनीका लागि अर्को साइरन बजाइनेछ।

    बाँधको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई खोला किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। त्यस्तै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्र आवतजावत गर्न अनुरोध गरिएको छ।

    जलाशयमा पानीको सतह बढिरहेको र थप वर्षा भए बाँधबाट पानी छाड्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend