२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०-१० दशैं धमाका’ अफर सार्वजनिक


सञ्चार डबली
  • शनिबार, असोज १७ २०८३
  • 2.5K
    SHARES

  • images
    सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०-१० दशैं धमाका’ अफर सार्वजनिक

    काठमाडौं। सिद्धार्थ बैंकले दराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०-१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न  सक्नेछन् ।

    २०८३ असोज १५ गतेदेखि २६ गतेसम्म (अक्टोबर १देखि १२, २०२६) सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु. १,०००) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम रु. १,५००) सम्म छुट प्राप्त गर्न निम्न प्रक्रिया पूरा गरी उक्त छुटको लाभ लिन सकिन्छ :-

    • ग्राहकले दराजको एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियान अन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ।

    • संकलित भाउचर ग्राहकको Daraz प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।

    • त्यसपछि रु. १,९९९ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सकिन्छ।

    दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

    साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङ्को प्रयोगलाई प्रवर्द्धन गर्न यस अफरले योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend