२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक


सञ्चार डबली
  • शनिबार, असोज १७ २०८३
  • 660
    SHARES

  • images
    पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक

    काठमाडौँ । भारतले एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ ।

    जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा शनिबार भएको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो ।

    पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडेका थिए । त्यस्तै शिवम दुबेले १५ बलमा २७ रन बनाए ।

    २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङमा संघर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो ।  पाकिस्तानका लागि हसन नवाजले ९६ रन बनाएका थिए ।  

    भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो । 

    त्यस्तै पाकिस्तानले हारसँगै एशियाली खेलकुदमा रजत पदक जितेको छ ।  यस प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई हराउँदै कांस्य पदक जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend