२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सकिने


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 715
    SHARES

  • images
    एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक ई–कमर्समार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी लिन सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

    अब बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यवसायीले एप्पल पे र गुगल पेमार्फत भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी लिन सक्नेछन् ।

    बैंकका अनुसार यो सुविधा साइबरसोर्स पेमेन्ट गेटवेमार्फत उपलब्ध गराइएको हो । एप्पल पे र गुगल पे मोबाइलमा आधारित डिजिटल भुक्तानी सेवा हुन् । यसबाट प्रयोगकर्ताले आफ्नो कार्डको विवरण मोबाइलमै सुरक्षित राखेर भुक्तानी गर्न सक्छन् ।

    यो सुविधाले होटल, पर्यटन, ट्राभल तथा टुर, हवाई सेवा, ई–कमर्स र सूचना प्रविधि क्षेत्रका व्यवसायलाई विदेशी ग्राहकबाट अनलाइन भुक्तानी लिन सहज हुने बैंकले जनाएको छ ।

    अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित नेपाली व्यवसायले विश्वभर प्रयोग भइरहेका एप्पल पे र गुगल पेबाट भुक्तानी लिन सक्ने भएकाले अनलाइन कारोबार थप सहज हुने बैंकको अपेक्षा छ ।

    बैंकले यो सेवाले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीसँग जोड्न र विदेशी ग्राहकबाट हुने भुक्तानीको पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend