२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

टोयोटा र NIC ASIA बैंकबिच वित्तीय सहकार्यः ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा ऋण


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 132
    SHARES

  • images
    टोयोटा र NIC ASIA बैंकबिच वित्तीय सहकार्यः ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा ऋण

    काठमाडौँ / टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंक लिमिटेडबीच सवारीसाधन खरिदका लागि वित्तीय सहकार्य भएको छ । सहकार्य अन्तर्गत ग्राहकले सात वर्षसम्म ५.९९ % वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् ।

    दशैँलाई लक्षित गरी ल्याइएको यस योजना अन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुटसमेत उपलब्ध हुनेछ । उक्त सुविधा बैंकको ऋण नीति तथा नेपाल राष्ट्र बैंकका सम्बन्धित निर्देशनअनुसार लागू हुने जनाइएको छ ।

    उक्त योजनाले टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज बनाउँदै गाडी खरिद प्रक्रिया सरल बनाउने अपेक्षा गरिएको छ ।

    समझदारीपत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेट (UTS) का Deputy General Manager (Sales and Marketing) रेखा शाह कार्की र NIC ASIA बैंकका Chief Business Officer, Retail Business अमित केसीले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend