२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स, अब स्मार्ट टीभीमा बक्सबिनै एनटीटीभी


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 1.1K
    SHARES

  • images
    नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स, अब स्मार्ट टीभीमा बक्सबिनै एनटीटीभी

    काठमाडौं- नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै प्रयोग गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीले आज असोज १५ गतेदेखि एन्ड्रोइड टीभी प्रयोगकर्ताका लागि भर्चुअल सेट–टप बक्स सेवा सञ्चालनमा ल्याएको हो।

    नयाँ सुविधाअनुसार एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताले भौतिक सेट–टप बक्स आवश्यक नपर्ने गरी एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो स्मार्ट टीभीमा गुगल प्ले स्टोर खोली ‘स्मार्ट एनटीटीभी’ खोजेर एप्लिकेसन डाउनलोड तथा इन्स्टल गर्नुपर्नेछ।

    नेपाल टेलिकमले हाल एन्ड्रोइड टीभीका लागि मात्र भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको जनाएको छ। निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न सकिने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको कम्पनीले जनाएको छ।

    ग्राहकलाई थप सहज र सुविधाजनक रूपमा टेलिभिजन सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ प्रणाली विकास गरिएको नेपाल टेलिकमले जनाएको छ।

    कम्पनीका अनुसार नयाँ प्याकेज खरिद गर्ने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १ हजार रुपैयाँ छुटसमेत पाउनेछन्।

    नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट तथा टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। भर्चुअल सेट–टप बक्ससहित एनटीटीभी प्रयोग गर्न ग्राहकका लागि विभिन्न प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधासमेत समावेश गरिएको छ। एनटीटीभीका प्याकेज, सेवा तथा अन्य सुविधाबारे विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend