२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिम्रिक एयरले बुझायो प्राधिकरणलाई ४३ लाख बक्यौता


सञ्चार डबली
  • शनिबार, साउन २७ २०८०
  • 9.0K
    SHARES

  • images
    सिम्रिक एयरले बुझायो प्राधिकरणलाई  ४३ लाख बक्यौता

    शनिबार, साउन २७, २०८०

    काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ । प्राधिकरणका अनुसार सिम्रिकले शुक्रबार बक्यौता रकम बुझाएको हो । 

    प्राधिकरणले बिहीबारमात्र बक्यौता नतिरेको भन्दै सिम्रिकका सबै उडान ग्राउन्डेड गरिदिएको थियो । 

    बक्यौता रकम नतिर्ने एयर कम्पनीहरूको उडान रोकिँदै 

    सिम्रिकले प्राधिकरणलाई ५५ लाख रुपैयाँ बक्यौता रहेकोमा यसअघि आठ लाख रुपैयाँ तिरेको थियो । शुक्रबार प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएसँगै अब दुई लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ ।

    उडान खुलाउने विषयमा भने निर्णय नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाइ तिर्न बाँकी रहेको बक्यौता रकम चुक्ता गरे उडान फुकुवा हुने प्राधिकरणले जनाएको थियो । तर, सिम्रिकले पूरै बक्यौता भने चुक्ता गरेको छैन ।

    सिम्रिक एयरको सबै उडानमा आजबाट रोक

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend