२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

३६ अर्ब ६७ करोड नाफामा नेपाल विद्युत प्राधिकरण


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 10.7K
    SHARES

  • images
    ३६ अर्ब ६७ करोड नाफामा नेपाल विद्युत प्राधिकरण


    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चित नाफा बढेर ३६ अर्ब ३७ करोड पुगेको छ । बिहीबार नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको कुल नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा महानिर्देशक कुलमान घिसिङले, विद्युत बिक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्षअघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको जानकारी दिए ।

    उनले भने, ‘विद्युत विक्रि तथा आयबाट गर्ने आम्दानी २ वर्ष अघि ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको संञ्चीत नाफा ११ अर्बबाट बढेर २ वर्षमा ३६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।’

    उनले बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको पनि जानकारी दिए । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको उनको दाबी छ ।

    उनले भने, ‘बजेट र खर्च नियन्त्रणको लागि एकीकृत भुक्तानी एवं अनलाईन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाईएको छ । विगत २ वर्षमा प्राधिकरणले आफ्नै श्रोतबाट साथै सरकारको कोषमा साँवा ब्याज र रोयाल्टी गरी ३० अर्ब जम्मा गरेका छौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend