२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

१ अर्ब रुपैयाँको म्युचुअल फन्ड योजना निष्कासन गर्दै हिमालयन क्यापिटल


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 7.6K
    SHARES

  • images
    १ अर्ब रुपैयाँको म्युचुअल फन्ड योजना निष्कासन गर्दै हिमालयन क्यापिटल

     

    काठमाडौ, २४ साउन । साउन ३२ गतेदेखि हिमालयन क्यापिटलले बन्दमुखि म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ निष्कासन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ ।

    बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

    यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend