२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई इमरान खानलाई तीन वर्ष जेल सजाय


सञ्चार डबली
  • शनिबार, साउन २० २०८०
  • 8.8K
    SHARES

  • images
    पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई इमरान खानलाई तीन वर्ष जेल सजाय

    काठमाडौ, २० साउन । किस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ। सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो जरिवाना नतिरे थप ६ महिना जेल बस्नु पर्नेछ । अदालतले यो पनि भनेको छ कि इमरान खानले जानाजानी गलत जानकारी दिएका छन्।

    फैसला सुनाउँदै इस्लामावादको जिल्ला तथा सत्र अदालतका अतिरिक्त न्यायाधीश हुमायुन दिलावरले यस मुद्दामा पूर्वप्रधानमन्त्री खान माथि लगाइएको आरोप प्रमाणित भएको बताए । इमरान खानले जानीजानी तोशखाना उपहारहरूको नक्कली विवरण इसीपीलाई बुझाए र भ्रष्ट अभ्यासको दोषी ठहर भए ।

    साथै, यो आदेशसँगै इमरान खान आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्यसमेत भएका छन् । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पञ्जाबले इमरान खानलाई कोट लखपत जेलमा लगिएको पुष्टि गरेको छ। यस मामिलामा इमरान खानले सत्तामा रहँदा सरकारी पसल (तोशाखाना) बाट लिएका महँगो उपहार बेचेर नाफा कमाएको आरोप लागेको थियो ।

    यो मुद्दा गत वर्ष पाकिस्तानको निर्वाचन आयोगको उजुरीमा दायर गरिएको थियो। तोषाखाना मन्त्रिपरिषद् डिभिजन अन्तर्गतको एक विभाग हो, जहाँ अन्य सरकार प्रमुख र विदेशी प्रतिष्ठित व्यक्तिहरूको तर्फबाट शासकहरू र सरकारी अधिकारीहरूलाई दिइने उपहारहरू राखिन्छन्। इमरान खानले तोशाखानाबाट महँगो घडीसहित केही उपहार किनेर नाफा कमाउन बेचेका थिए ।

    यसअघि इमरान खानलाई मे ९ मा पनि यस मामिलामा पक्राउ गरिएको थियो । इमरान खानको गिरफ्तारीको विरोधमा पाकिस्तानमा धेरै हिंसा भएको थियो र महत्त्वपूर्ण सैन्य प्रतिष्ठानहरूमा पनि आक्रमण भएको थियो। त्यसपछि इमरान खानलाई भोलिपल्ट रिहा गरियो र हिंसाको आरोपमा हजारौं पीटीआई कार्यकर्तालाई पक्राउ गरियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend